धादिङमा हालसम्म लम्पी स्कीन रोगबाट २ सय ५२ पशु मरे
नुवाकोट । बागमती प्रदेश भित्रका जिल्लाहरुमा लम्पी स्कीन रोगको संक्रमणबाट हालसम्म ४६ बाच्छाबाच्छी, १ हजार ८६ गाई, १०३ गोरु र १३ भैसी संक्रमणका कारण मृत्यु भएको छ ।
जसमध्य धादिङमा ४६ बाच्छाबाच्छी, ९३ गाई, १०२ गोरु र ११ भैसी गरी कुल २५२ पशुवस्तु मरेका छन् ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडाले जनाए अनुसार धादिङमा अहिले लम्पी स्कीन रोगबाट ६१७ बाच्छाबाच्छीसहित ९ हजार ५४९ गाईभैसी संक्रमित छन् यो बढ्दो क्रममा छ ।
मन्त्रालयका अनुसार मकवानपुरमा २७४ गाई, नुवाकोटमा, १७८ गाई, सिन्धुलीमा ९ गाई, काठमाडौंमा ९० गाई र २ भैसी, ललितपुरमा २१ गाई, भक्तपुरमा १८ गाई लम्पी स्कीन रोगले मरेका छन् ।
यस्तै काभ्रेमा ४ वटा गाई, रसुवामा १५ गाई, रामेछापमा १ गाई, दोलखामा ५१ वटा गाई, सिन्धुपाल्चोकमा, १५७ गाई लम्पी स्कीन रोगले मरेका छन् ।
बागमती प्रदेशका १३ जिल्लामा हाल सम्म ४० हजार ३७२ गाई भैसीमा संक्रमण पुष्टि भएको छ भने सो संक्रमणबाट एक हजार २४८ गाई भैंसीको मृत्यु भएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडाले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया