बञ्चरेडाँडामा फोहोर फाल्दा अब ककनी गाउँपालिकाले शुल्क लिने
नुवाकोट । बञ्चरेडाँडामा फोहोर फाल्दा अब नुवाकोटको ककनी गाउँपालिकाले शुल्क लिने भएको छ ।
गाउँपालिकाले बञ्चरेडाँडामा फोहोर ल्याउने ठूला गाडीको लागि प्रतिगाडी १५ सय रुपैयाँ र साना गाडीको लागि एक हजार रुपैयाँ शुल्क लिने भएको छ । गाउँपरिषद्ले गाउँपालिकाको आर्थिक विधेयक २०८० पास गर्दै आगामी १ साउनदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने निर्णय गरेको हो ।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार बञ्चरेडाँडामा फोहोर फाल्न १८ पालिकाका दैनिक १४०-१६० साना-ठुला गाडी आउने गरेका छन् । यसरी प्रवेश शुल्क लिंदा पालिकाले बार्षिक करिव ५ करोड आम्दानी गर्न सक्ने उनले बताए ।
उनले बञ्चरेडाँडमा फोहोर पठाउने सबै स्थानीय तहलाई साउन १ गतेदेखि प्रवेश शुल्क लाग्नेबारे जानकारी दिन पत्र काटिएको र प्रत्येक गाडीका चालकलाई समेत जानकारी दिएको बताएका छन् ।
फोहोर व्यवस्थापन स्थानीय तहको जिम्मेवारी भएकाले शुल्क लिन लागिएको अध्यक्ष तामाङले न्युज बिहानीलाई बताए । बञ्चरेडाँडामा बार्षिक करिव ३ लाख ७० हजार टन फोहोर फाल्ने काम हुँदै आएको छ ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, आसपासका अन्य नगरपालिकासहित काभ्रेको बनेपालगायत अन्य ठाउबाट समेत बञ्चरेडाँडामा फोहोर जाने गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा





प्रतिक्रिया