बुधबार शेयर बजारमा सुधार
नुवाकोट । असार मसान्तको प्रभाव सकिएसँगै बुधबार शेयर बजारमा सुधार देखिएको छ। पछिल्ला केही दिनदेखि ओरालो लागिरहेको नेप्से यस दिन बजार बन्द भएको छ।
असार मसान्तमा ब्याजको रकम जोहो गर्न लगानीकर्ताहरुले शेयर बिक्री गर्दा पछिल्ला दिनहरुमा बजारले सकारात्मक दिशा लिन सकेको थिएन। तर, यस दिन भने सो प्रभाव सकिएको छ। फलस्वरुप बजारमा सुधार देखिएको हो।
यस दिन नेप्से परिसूचक २५.३१ अंक बढेर २०९७.५५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८५ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २८९ स्टकको ५९ हजार ५३९ पटकको कारोबारमा ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बुधबार कारोबारमा आएका ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शिवश्री हाइड्रोपावर, सिवाईसी लघुवित्त, रिभरफल्स पावर, लक्ष्मी इक्विटी फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, शुभम पावर र नेशनल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन सो बाहेक अन्य ३ स्टकको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको रावा इनर्जी डेभलपमेन्टको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटलको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.४१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवालाई स्वागत गर्न सभापति गगन जाँदा आकाश खस्दैन : केसी
देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ





प्रतिक्रिया