पहिरोको जोखिममा नारायणगढ-मुग्लिन सडक
नुवाकोट । अर्बौं रुपैयाँ खर्च गरेर स्तरोन्नति गरिएको नारायणगढ-मुग्लिन सडकखण्ड वर्षा सुरु भएसँगै पटक-पटक अवरुद्ध बनेको छ । पहिरोका कारण सडक अवरुद्ध बन्दा यात्रुहरूले भने सास्ती खेप्दै आएका छन् ।
अन्य समयमा खासै समस्या नदेखिए पनि वर्षायामको समयमा भने उक्त सडकखण्डले ठूलै समस्या भोग्न बाध्य छ । असार महिना सुरु भएलगत्तै यस सडकखण्डमा पहिरो जान थालेपछि यात्रुहरूले निकै कष्टकर साथ यात्रा गरिरहेका छन् । लामो समय लगाएर तीन अर्ब रुपैयाँ खचेर पुनर्निर्माण गरिएको सडकखण्डमा वर्षायाम सुरु भएयता बारम्बार पहिरो गएर कहिले सडक एकतर्फी त कहिले बन्द नै गर्नुपरेको छ ।
मनसुन सुरु भएसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती सुरु भएको छ । पहिरोले सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । गत असार १४ गते बिहीबार सुक्खा पहिरो खसेपछि अस्तव्यस्त भएको सडक अहिले प्रत्येक दिन बन्द हुने गरेको छ । बिहीबार दिउँसो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक बन्द भएको थियो । वर्षायाम लागेदेखि नै देशका विभिन्न भागमा राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सडकहरू अवरुद्ध छन् । राजधानी काठमाडौं, पर्यटकीय सहर पोखरालगायत क्षेत्रका लागि लाइफलाइन सडकखण्डका रूपमा परिचित ‘मुग्लिन-नारायणगढ सडकखण्ड’ पटक-पटक घण्टौँसम्म अवरुद्ध भइरहँदा सार्वजनिक तथा निजी सवारीका यात्री प्रभावित छन् । मालवाहक सवारीहरू पनि राजमार्गमा नै रोकिँदा काठमाडौंको आपूर्ति प्रणालीमा समेत असर गरिरहेको छ ।
चार वर्षअघि डेडिकेटेड दुई लेनमा सडक विस्तार गरेसँगै हरेक वर्ष नयाँ-नयाँ ठाउँबाट पहिरोहरू खसिरहेका छन् । यो खण्डमा जानसक्ने पहिरोहरूबारे विश्व बैंकले अध्ययन गरिरहँदा पहिरोले चरम सास्ती दिएको छ । करिब ४० करोड खर्च गरेर भएका काम पहिरो रोक्न पर्याप्त भएको छैन । सडकमा खस्न सक्ने पहिरोहरू रोक्न सिन्को नभाँच्ने सरकार वर्षायाममा बाटो रोकिरहेका पहिरो पन्छाउन पनि सुस्त गतिमा काम गरिरहेको छ । यसले यात्रीका लागि सडकहरू ‘सकस मार्ग’ बन्न पुगेका छन् ।
घण्टौँ जाममा पर्दा धेरै यात्री चिउरा र चाउचाउ खाएर भोक मेटिरहेका छन् । स्थानीय होटलहरूमा छोइनसक्नुको महँगी छ । जाममा गाडी रोकिँदा कसैको परीक्षा छुटिरहेको छ भने कसैको विदेश जाने फ्लाइट । कोही बिरामी सडकमै रोकिएका बसमा औषधि अभावले छट्पटाइरहेका छन् । महिला, बालबालिका र वृद्धवृद्धा यात्रीलाई थप सास्ती छ । यसका कारण देशको सार्वजनिक सडकहरू व्यवस्थापनमा प्रश्न उठेको छ ।
संघीय राजधानी काठमाडौंको लाइफ लाइन मानिएको नारायणगढ-मुग्लिन सडकको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको छ । यसअघि पहिरो रोकथामको कामपछि झण्डै ३० ठाउँको पहिरो नियन्त्रण भएको भए पनि पछिल्ला वर्ष नयाँ ठाउँमा पहिरो देखिएको र तीमध्ये केही निकै जटिल रहेका सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ ।
बर्खा लागेसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ गाडी आउजाउ गर्छन् । उक्त सडकखण्ड कहिले पहिरो त कहिले सवारी दुर्घटना, कहिले ठूला सवारीसाधन बीचबाटोमै बिग्रिँदा मुग्लिन सडकखण्डको यात्रा सकसपूर्ण बन्ने गरेको छ । गत बिहीबार नारायणघाट मुग्लिन सडकखण्डको तीन किलो भन्ने स्थानमा पहिरो खसेपछि साना तथा ठूला सवारी बीचबाटोमै रोकिए ।
सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड २८ घण्टापछि सञ्चालनमा आयो । तर, सडक सञ्चालनमा आएको केही घण्टामै पुनः सोही स्थानमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुग्यो । त्यसको मार यात्रुलाई नै हो । पहिरोका कारण अवरुद्ध भएको सडक खुलाउन जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीको टोली नै खटियो । मेसिन लगाएर पहिरो हटाउन सडक विभागका मजदुरलगायत इञ्जिनियर पनि तैनाथ अवस्थामा खडा थिए । पहिरो हटाउँदै गए फेरि पहिरो खस्छ जसले गर्दा सवारी सञ्चालन गर्न निकै कठिन भयो ।
त्यसो त नारायणगढ-मुग्लिन सडक वर्षाको समयमा आफैँमा जोखिम क्षेत्र पनि हो । वर्षा लागेपछि यहाँ सवारीलाई ठूलै सास्ती हुन्छ । गत बिहीबार यता यो सडकमा पहिरो खसेर सडक अवरुद्ध हुने र खुलाउने क्रम अझै रोकिएको छैन । गत महिना पहिरो तथा अन्य कारण उक्त सडकखण्ड तीनपटक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
विश्व बैंकको ऋण सहयोगमा झण्डै तीन वर्षअघि उक्त सडक खण्डको पुनस्र्थापना तथा पुनर्निर्माण कार्य सम्पन्न गरिएको थियो । लगत्तै सडकसँगको भिरालो भूबनोट संरक्षण गर्न पुनः विश्व बैंककै सहयोगमा मूल्यांकन गरी २६ स्थानमा त्यसको काम सुरु गरिएको थियो । नारायणघाट-मुग्लिन सडकको चार किलोमिटर, १४ किलोमिटर र २० किलोमिटरमा पहिरोको उच्च जोखिम छ । विशेष गरी मनसुनको समयमा तीन ठाउँमा बाढी पहिरोले अवरोध सृजना गर्ने गरेको छ ।
नारायणघाट-मुग्लिन खण्डको २६ स्थानमा भिरालो जमिन संरक्षणमा लगभग ३६ करोड लगानी भएको पाइएको छ । सडक विभागले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका सहितका अन्य दातृ निकायहरूलाई समेत अध्ययन गरेर निकास के हुन सक्छ भनेर निष्कर्ष निकालिदिन अनुरोध गरिने तयारी छ । तीन वर्ष लगाएर सम्पन्न भएको सडक पुनःस्र्थापनाको कार्यपश्चात् गत आर्थिक वर्षमा २४ स्थानमा भिरालो जमिन संरक्षणको काम सम्पन्न भइसकेको छ, भने अन्य स्थानमा बाँकी छ ।
मुग्लिन-नारायणगढ सडकखण्डमा बाटो चौडा गर्ने, कलभर्ट बनाउनेभन्दा भिरालो भागलाई स्थिर बनाउनु आवश्यक छ । राजमार्ग र पृथ्वी राजमार्ग क्षेत्रमा पहिरो हटाउन पाँचवटा डोजर तयारी अवस्थामा राखिएको छ । काठमाडौं भित्रिने र बाहिरिने मुख्य लाइफ लाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी आवतजावत गर्छन् । सडकको स्तरोन्नतिका क्रममा धेरैजसो ठाउँमा भित्तो काटिएकाले यो सडक खण्डमा पहिरोको जोखिम उच्च छ ।
२०३१ सालमा खुलेको पृथ्वी राजमार्ग २०४८ सालमा आवधिक मर्मत गर्दा भित्तातर्फ सुधारको काम भएन । सवारीको अत्यधिक चाप झेलिरहेको पूर्व-पश्चिम राजमार्ग २०४२ सालमा बनेपछि भत्किँदा टाल्नेबाहेक पुनर्निर्माण (रिह्याब) भएको छैन । कतिपय खण्ड भत्किँदा मर्मत गरिए पनि सरकारले राजमार्गको पुनर्निर्माणमा चासो दिएको छैन । अब चार लेनमा सडक विस्तार गर्दा पनि राजमार्गका दायाँ–बायाँ प्रकोपबाट हुने जोखिम घटाउने गरी बलिया पूर्वाधार बनाउनेतर्फ खासै योजना बनेका छैनन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी





प्रतिक्रिया