आयल निगमले कहिले घटाउँछ इन्धनको मूल्य ?
नुवाकोट । ९ महिनाअघि भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नेपाल आयल निगमले तिर्नुपर्ने बक्यौता रकम २३ अर्ब ६० करोड थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गए पनि सोअनुसार नेपालमा मूल्य समायोजन नगरी, उपभोक्तालाई मूल्यमा भार पारेर नाफा कमाउँदै गएको निगमले अन्ततः ९ महिनामै आईओसीको सबै बक्यौता चुक्ता गरेको छ । अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ, मट्टितेलमा २७ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ३७ र बाह्य इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा लिइरहेको छ । खाना पकाउने ग्यासमा समेत निगम प्रतिसिलिण्डर ७ रुपैयाँ नाफामा छ ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सबै इन्धनबाट गरी आगामी पाक्षिक अवधिमा १ अर्ब ६० करोड नाफा हुनेछ । अर्थात् १ महिनामा निगमको नाफा ३ अर्बभन्दा बढी हुनेछ । ‘धेरै समयपछि ग्यासमा रहेको निगमको नोक्सानी अहिले हटेको छ, आईओसीको बक्यौता पनि करिब सबै तिरेका छौं’ उनले भने ।
यसअघि आईओसीको ‘बक्यौता’लाई कारण देखाउँदै नेपालमा मूल्य नघटाएको निगमले अब कहिले घटाउँछ मूल्य ? इन्धन बेच्न एकाधिकार पाएको सरकारी स्वामित्वको यो कम्पनीले इन्धनको मूल्य समायोजन गरी उपभोक्तालाई ठूलो राहत दिन सक्छ ।
इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँसम्म निगम व्यवस्थापनले नै घटाउने वा बढाउने निर्णय गर्न सक्छ तर सोभन्दा माथि घटबढ गर्नुपर्ने अवस्थामा सञ्चालक समितिले नै निर्णय गर्नुपर्छ । निगमले मूल्य घटाउने गृहकार्य गरेको प्रवक्ता ठाकुरले जानकारी दिए । सञ्चालक समिति स्रोतका अनुसार आजभोलि नै मूल्य घटाउनेगरी बैठक बस्ने तयारी छ ।
निगमले नेपाल सरकारबाट लिएको ऋण रकम पनि किस्ताबन्दीमा चुक्ता गर्दै आएको छ । सरकारलाई तिर्नुपर्ने निगमको ऋण रकम हाल ६ अर्ब ३० करोड रुपैयाँ रहेको ठाकुरले जानकारी दिए । ‘सरकारको ऋण रकम किस्ता किस्तामा भुक्तानी गर्दै आएका छौं’ उनले भने ‘५ वर्षमा १० किस्तामा चुक्ता गर्नेगरी लिएका थियौं, सो अनुसार नै तिर्दै जानेछौं ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया