नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको निधन
विदुर खबर
२०८० जेठ ३२ गते १९:०३

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ ।
बुधबार राति ३ बजे घरबाट उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै उनको निधन भएको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।
लामा लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित भएको अध्यक्ष तामाङले बताए ।
४५ वर्षीय लामाका परिवारमा आमा र एक भाइ छन् । उनको निधनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति रमेशकुमार महतले दुःख व्यक्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया