हाँस्य कलाकार ‘बल्छी धुब्रे’सहित ८ जना पक्राउ
विदुर खबर
२०८० जेठ ३२ गते १५:५५

नुवाकोट । हाँस्य कलाकार बल्छी धुब्रे अर्थात् मरिचमान श्रेष्ठ वान एक्स बेटिङमा संलग्न भएकाे आरोपमा पक्राउ परेका छन् ।
सामाजिक संजाल यूट्यूबमा वान एक्स बेटकाबारेमा विज्ञापन गरेकाे भन्दै उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उनी मात्र नभइ वान एक्स बेटमा विज्ञापन तथा सट्टेबाजी गर्ने ८ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
पक्राउ पर्नेमा राजु मास्टर उर्फ राजु पौडेल, पवन खितवडा, एलिस राई, ज्वलन घर्ति मगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपाली छन् ।
सम्बन्धित
प्रतिक्रिया