कांग्रेस अब बदलिन आवश्यक छ : महामन्त्रि गगन थापा
नुवाकोट । नेपाली कांग्रेसका महामन्त्रि गगन थापाले कांग्रेस अब बदलिन आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘ख’को संयुक्त आयोजनामा सोमबार हेटौंडा १९ मा भएको क्षेत्रीय सम्मेलनमा उनले कांग्रेस बदलिन आवश्यक रहेको औंल्याउँदै बदलेको कांग्रेसले मात्र देश बदल्न सक्ने दाबी गरे । ‘नेपालमा केही भएकै छैन, केही हुनेवाला छैन भन्ने सोचाइले जनताले आत्मविश्वास गुमाइरहेका छन् ।
नेपाली नागरिक अत्तालिएका छन्, निराश भएका छन्,’ उनले थपे, ‘किन निराशा छाएको छ भन्ने प्रश्नको उत्तर खोज्नु आवश्यक छ । कांग्रेस फेरि जनतामाझ जानु आवश्यक छ ।’ अब आरोप प्रत्यारोपलाई छाडेर कांग्रेसलाई कसरी राम्रो बनाउने भन्ने विषयमा सुविचारिक बहस जरुरी रहेको उनको भनाइ थियो ।
थापाले आगामी चुनावमा कुनै पनि दलसँग तालमेल गर्न नहुने बताएका छन् । उनले तालमेल तथा सरकारका लागि विचार नमिल्ने दलसँग सम्झौता गर्दा पार्टीमा आन्तरिक समस्या सिर्जना भएको दावी गर्दै यस्तो बताएका हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया