कांग्रेस अब बदलिन आवश्यक छ : महामन्त्रि गगन थापा

विदुर खबर २०८० जेठ २९ गते २१:४४

नुवाकोट । नेपाली कांग्रेसका महामन्त्रि गगन थापाले कांग्रेस अब बदलिन आवश्यक रहेको बताएका छन् ।

Advertisement

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘ख’को संयुक्त आयोजनामा सोमबार हेटौंडा १९ मा भएको क्षेत्रीय सम्मेलनमा उनले  कांग्रेस बदलिन आवश्यक रहेको औंल्याउँदै बदलेको कांग्रेसले मात्र देश बदल्न सक्ने दाबी गरे । ‘नेपालमा केही भएकै छैन, केही हुनेवाला छैन भन्ने सोचाइले जनताले आत्मविश्वास गुमाइरहेका छन् ।

नेपाली नागरिक अत्तालिएका छन्, निराश भएका छन्,’ उनले थपे, ‘किन निराशा छाएको छ भन्ने प्रश्नको उत्तर खोज्नु आवश्यक छ । कांग्रेस फेरि जनतामाझ जानु आवश्यक छ ।’ अब आरोप प्रत्यारोपलाई छाडेर कांग्रेसलाई कसरी राम्रो बनाउने भन्ने विषयमा सुविचारिक बहस जरुरी रहेको उनको भनाइ थियो ।

Advertisement

थापाले आगामी चुनावमा कुनै पनि दलसँग तालमेल गर्न नहुने बताएका छन् । उनले तालमेल तथा सरकारका लागि विचार नमिल्ने दलसँग सम्झौता गर्दा पार्टीमा आन्तरिक समस्या सिर्जना भएको दावी गर्दै यस्तो बताएका हुन् ।

उनले भदौमा गर्ने नीति अधिवेशनबाट कुनैपनि पार्टीसँग तालमेल गर्दैन भन्ने निर्णय गर्नुपर्नेमा जोड दिएका हुन् । ‘सरकार र सत्ताका लागि कांग्रेस जोसँग पनि गठबन्धन गर्छ भन्ने गलत छवि बनेको छ’, थापाले भने, ‘अब हामी जस्तोसुकै समस्या आएपनि कसैसँग तालमेल र गठबन्धन गर्दैनौं भन्ने निर्णय गर्नु जरुरी छ ।’

प्रतिक्रिया