गर्मी बढेपछि नुवाकोटका निजि विद्यालय पाँच दिन बन्द
नुवाकोट । गर्मी बढेपछि नुवाकोटका निजि विद्यालयहरुले ५ दिन विदा दिने निर्णय गरेका छन् ।
निजि तथा आवासीय विद्यालय अर्गनाइनेजशन नेपाल (प्याप्सन) जिल्ला कार्यसमिति नुवाकोटले आईतवार एक विज्ञप्ती जारी गर्दे नुवाकोटमा अत्याधिक गर्मी बढेको र त्यसले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै जेठ २२ गते सोमवारदेखि २६ गतेसम्म विदा दिने निर्णय गरेको प्याप्सन नुवाकोटका अध्यक्ष तारावहादुर कार्कीले जानकारी दिए ।
उनले गर्मीको कारण पठनपाठन गर्न धेरै समस्या भएकोले बर्खे विदाबाट मिलान हुने गरि विद्यालयहरु पाँच दिन बन्द गर्न लागेको बताए ।
नुवाकोटमा एक सातायता अधिकतम तापक्रम ३४ डिग्रीभन्दा माथि पुगेको छ । भौतिक संरचना राम्रो नभएका कतिपय विद्यालयमा विद्यार्थीहरु बेहोस हुने, विरामी हुने जस्तो अवस्था देखिएपछि विद्यालयहरु केही दिन विदा गर्न सरोकारवालाहरुले माग गर्दै आएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी





प्रतिक्रिया