जिल्ला निर्वाचन कार्यालय खारेज
विदुर खबर
२०८० जेठ १६ गते ८:४६

नुवाकोट । सरकारले प्रभावकारी भूमिका नभएको भन्दै जिल्ला निर्वाचन कार्यालयसहित २० वटा निकायहरुलाई खारेजी तथा गाभ्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०८०-८१ को बजेटमा सार्वजनिक खर्च कटौतीका लागि यस्तो गरिएको बताइएको छ । अहिले रहेको जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयमा नै निर्वाचन इकाई राख्ने भएको छ ।
त्यस्तै जिल्ला तथ्यांक कार्यालयलाई पनि खारेज गरी स्थानीय तहबाटै संकलन गरिने र समन्वयका लागि प्रादेशिक स्तरमा कार्यालय खोलिने बजेटमा उल्लेख छ ।
सरकारले प्रभावकारी नभएको भन्दै २०३७ सालमा स्थापित कपास विकास समिति पनि खारेज गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया