सांसदलाई खुसी पार्न ५ करोड

नुवाकोट । सरकारले सांसद विकास कोष भनेर चिनिने ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ ब्युँताएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच करोड विनियोजन गरिएको छ ।
‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरू जनप्रतिनिधि मार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु’ विवादित कार्यक्रम ब्युँताउँदै अर्थमन्त्री डा.महतले भने । यस कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको छ ।
विगतमा सांसद विकास कोष, निर्वाचन क्षेत्र विकास कोष, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका नाममा विनियोजन भएको बजेट दुरुपयोग भएको धेरै गुनासो आएको थियो । तर हरेक सरकारले यसलाई निरन्तरता दिने गरेका थिए ।
पछिल्लो पटक प्रतिनिधिसभा विघटन भएको बेला तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट यो कार्यक्रम हटाए । संसद पुनस्र्थापना भएपछि गत वर्ष तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गरे, तर उनले ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ ब्युँताएनन् ।
अहिले अर्थतन्त्र संकटमै रहेको बेला ल्याइएको बजेटमा अर्थमन्त्री डा.प्रकाशशरण महतले यसलाई ब्युँताएका हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया