छहरे टोखा सुरुङमार्गले नुवाकोटको मुहार फेर्छ : सभामुख घिमिरे

विदुर खबर २०८० जेठ १४ गते २१:३०

नुवाकोट । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले टोखा छहरे सुरुङ मार्गले नुवाकोटको मुहार फर्ने बताएका छन् ।

Advertisement

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ रामतीको दुप्चेश्वर माविमा नुवाकोटको कम्युनिष्ट र शैक्षिक आन्दोलनका अगुवा तथा पुर्व सांसद गणेश पण्डितको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले टोखा छहरे सुरुङ मार्गले जिल्लाको कायापलट हुने विश्वास व्यक्त गरे ।

उनले टोखा छहरे सुरुङ मार्ग निर्माण भए काठमाण्डौबाट नुवाकोट १० मिनेटमा पुग्न सकिने भन्दै जिल्लाका सबै सरोकारवाला निकायले सुरुङ मार्ग निर्माणको लागि पहल गर्नुपर्ने बताए ।

Advertisement

सुरुङ मार्ग निर्माण हुन समय लाग्ने भन्दै सभामुख घिमिरेले यसबाट नुवाकोट जिल्लाले राम्रो लाभ लिनसक्ने समेत उल्लेख गरे ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद अर्जुननरसिंह केसी हितवहादुर तामाङ लगायतले स्वर्गीय नेता गणेश पन्डितले देखेको सपना पुरा गर्न नुवाकोटका सबै जनप्रतिनिधिको साझा धारणा व्यक्त गरे ।

गणेश पण्डितको पण्डितको वि.स २०७५ फागुन २१ गते हृदयघातका कारण ७३ वर्षको उमेरमा निधन भएको थियो । नुवाकोटको पूर्वी क्षेत्रको शैक्षिक विकासमा पण्डितको योगदान अतुलनीय रहेको छ ।

Advertisement

प्रतिक्रिया