नुवाकोटमा तीन दिन विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने
विदुर खबर
२०८० जेठ १३ गते २२:०१

नुवाकोट । नुवाकोटमा यस वर्षको गणतन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ ।
गणतन्त्र दिवस जिल्ला मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको हो । दिवसको अवसरमा सरकारी तथा निजी कार्यालय, घरघरमा दीपवली, साहित्यिक कार्यक्रम, रक्तदान, अस्पतालका बिरामीलाई फलफूल वितरण, मठमन्दिरसहितका ऐतिहासिक स्थलमा सरसफाइ लगायतका कार्यक्रम गरिने छ ।
साथै सांस्कृति कार्यक्रम, झाँकी, स्थानीयतहका विद्यालयमा फरक क्षमता भएका विद्यार्थीलाई खेलकुद सामग्री वितरण गर्दै प्रभातफेरी गरिने भएको छ ।
यस्तै वन तथा जलाधार कार्यालयले पायक पर्ने स्थानमा वृक्षारोपण गर्ने पनि तालिका रहेको मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । हरेक वर्ष वैशाख १५ गते मनाइने गणतन्त्र दिवसमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया