बजेटको ‘प्रारुप’ तयार, बुधबार अर्थमन्त्रीले राष्ट्रपतिसमक्ष ब्रिफिङ गर्ने

विदुर खबर २०८० जेठ १० गते १०:५८

नुवाकोट । अर्थ मन्त्रालयले बजेटको मस्यौदा तयार पारेको छ ।

Advertisement

बजेट निर्माणमा खटिएको सहसचिव भुपाल बराल नेतृत्वको समितिले मस्यौदा तयार पारेसँगै बुधबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ब्रिफिङ हुने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आगामी बजेटबारे ब्रिफिङ गर्ने छन् । जेठ १० गते अर्थमन्त्रीले राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ गर्ने तालिका अनुसार बुधबार ब्रिफिङ गर्न लागिएको हो ।

Advertisement

बुधबार नै प्रारम्भिक मस्यौदाले अन्तिम रूप पाउनेछ ।

अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माका अनुसार यसपछि बजेट लेखन टिमले अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्ने बजेट भाषण टाइप गर्न सुरु गर्नेछ ।

Advertisement

प्रतिक्रिया