धादिङमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी
विदुर खबर
२०८० वैशाख ३० गते १३:५८
नुवाकोट । धादिङको धुनिबेशी-९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ ।
काठमाडौं जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा एक्कासी आगो लागेको हो । बसको इन्जिनबाट धुँवा निसक्ने बित्तिकै सबै यात्रुलाई बाहिर निकालेकाले मानवीय क्षति हुन नपाएको धादिङ प्रहरीले जानकारी दिएको छ ।
उक्त बसमा ३३ यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रहरीले जनाएको छ । बसमा लागेको आगो राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले नियन्त्रणमा लिएका छन् ।
आगलागीबाट बसका सबै सिट जलेर नष्ट भएका छन् भने अगाडि र झ्यालका सबै सिसामा पूर्ण रुपले क्षति पुगेको छ । विद्युत सर्ट भइ बसमा आगो लागेको प्रहरीको अनुमान छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग
प्रतिनिधि सभाको पहिलो बैठक अर्जुननरसिंहले चलाउने
आजको मौसम : बागमतीमा चट्याङसहित वर्षा हुने





प्रतिक्रिया