विद्युतीय दुर्घटनाको जोखिम उच्च, देशभर तीन लाख जीर्ण काठका पोल, विस्थापन गर्न सात अर्ब लाग्ने

काठमाडौं,जीर्ण काठको पोलका कारण विद्युत्को तार लत्रिदा आर्थिक वर्ष २०७४/७५ मा देशभर २० जनाले ज्यान गुमाए । चालू आर्थिक वर्षमा मात्रै ६ जनाले अकालमा मृत्यु रोज्न बाध्य भए ।
वर्षाको समयमा जीर्ण काठका पोल ढल्दा दुर्घटना बढ्ने र त्यसबाट मानवीय क्षति हुने क्रम बढ्दै गएको छ । पोल ढलेका कारण दर्जनौ पशु चौपायासमेत मरेका छन् । एक दर्जन बढी अंग भंग भएर कष्टकर जीवन यापन गर्न बाध्य छन् ।त्यसलाई नियन्त्रण गर्न र जीर्ण काठको पोलको स्थानमा स्टिलको पोल राख्ने तर्फ हालसम्म कुनै पनि प्रभावकारी पहल भने हुन सकेको छैन । विशेष गरी ग्रामीण क्षेत्रमा विद्युतीकरणको लालसाले काठको पोल नै भए पनि हुन्छ भन्ने मान्यताका साथ काम गरियो । तर, त्यसले जोखिम भने बढाउँदै लगेको छ ।
नागरिकले विद्युत् सेवा पाउने अधिकारलाई सम्मान गर्दै सरकारले देशव्यापी रुपमा विद्युतीकरणको काम अगाडि बढायो । स्थानीय निकाय समेत त्यसमा लाइमेली गर्न थाले । जताततै विद्युतीकरण पनि भयो । तर, त्यसबाट निम्तिने जोखिमका बारेमा कोही कसैले पनि ध्यान दिएनन् । आज त्यसैको मारमा अन्जान नागरिक परिरहेका छन् ।विद्युत् सेवा मानवीय आवश्यकता भए पनि सुरक्षाको गतिलो उपाय नअपनाएका कारण दुर्घटनाको मारमा धेरै नेपाली पर्ने अवस्था देखिएको छ । ग्रामीण क्षेत्रमा सामुदायिक रुपमा गरिएका विद्युतीकरणका कारण काठमा पोल नै बढी प्रयोग भएका छन् । त्यसलाई विस्थापन गर्न ठूलो धनराशीको आवश्यकता पर्दछ । तर, सरकारले त्यसलाई हालसम्म ध्यान दिन सकेको छैन ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पार्ने वार्षिक नीति तथा कार्यक्रममा समेत काठको पोल विस्थापन गर्ने योजनाले विशेष प्राथमिकता पाउँदैन । जसक कारण नागरिकले अकालमा जीवन गुमाउन बाध्य भएका छन् ।
नेपाल विद्युत प्राधिकरणले जीर्ण अवस्थामा पुुगेका पुराना काठका पोल विस्थापन गर्न ७ अर्ब रकम लाग्ने भन्दै बजेट व्यवस्थापन गरिदिन आग्रह गर्दै आएको छ । प्राधिकरणको अध्ययनअनुसार देशभर करिब ३ लाख बढी काठमा पोल हाल सञ्चालनमा छन् अर्थात् गाडिएका छन् । काठमा पोल हटाएर स्टिलको पोल राख्नुपर्ने प्राधिकरणको भनाइ छ । त्यसो नभए फलामको भए पनि नयाँ पोल राख्नुपर्ने देखिएको छ । प्राधिकरणले बजेट माग गरेर मन्त्रालयमा पठाएको पत्र अहिले अर्थ मन्त्रालयमा पुगेर अडकिएको छ । प्राधिकरणबाट प्राप्त भएको पत्र अर्थ मन्त्रालय पठाइएको दाबी ऊर्जा मन्त्रालयले गरे पनि अर्थका अधिकारी भने पत्र आए वा नआएको बारेमा केही बताउन चाहँदैनन् ।
प्राथमिकताका आधारमा पोल प्रतिस्थापन शीर्षकमा बजेट निकासा गर्ने विषयमा छलफल जारी रहेको बताइन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका काठका पोल तुरून्त हटाउन प्राधिकरणलाई गत असारमा नै निर्देशन दिएका थिए । काठका पोलकै कारण विद्युतीय दुर्घटना बढिरहेको गुनासो आएपछि मन्त्री पुनले त्यस्तो निर्देशन दिएका थिए । तर, सो निर्देशन हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । ग्रामीण क्षेत्रमा गाडिएका काठका पोलको आयु बढीमा १० वर्षमात्रै हुने गरेको छ ।
काठका पोल परिवर्तन गर्नेबारे मन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक र सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालका अध्यक्षलगायत सरोकारवालासँग छलफल भए पनि कुनै निष्कर्ष निस्किएको छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही जिल्लामा यसै आवदेखि नै काठको पोल विस्थापन गर्ने तयारीमा प्राधिकरण लागेको बताउँछन् । आन्तरिक स्रोतबाट साह्रै थोरै मात्र पोल विस्थापन हुने भएकाले अर्थ मन्त्रालयसँग थप बजेट मागिएको उनको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया