नुवाकोट गेर्खुका नारायण घिमिरे अर्धचेत अवस्थामा भेटिए

विदुर खबर २०८० वैशाख १९ गते ९:०४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका नारायण घिमिरे काठमाडौंको एक होटलमा अर्धचेत अवस्थामा भेटिएका छन् ।

Advertisement

नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य समेत रहेका घिमिरे काठमाण्डौको जमलमा रहेको होटल कैलाशमा विष खाएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले उद्धार गरेर वीर अस्पताल भर्ना गराएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए । एसपी रिजालका अनुसार उनी शनिबारदेखि कैलाश होटलमा बस्दै आएको पाइएको छ ।

घिमिरे बेपत्ता भएको भन्दै परिवारका सदस्यले आइतबार खोजतलासका लागि काठमाडौं प्रहरी परिसरमा निवेदन दिएका थिए । उनी पछिल्लो समय तारकेश्वर नगरपालिका–९, डाँडागाउँ बस्दै आएका थिए ।

Advertisement

घिमिरेको कोठाबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको छ । त्यसमा उल्लेखित विषयबारे प्रहरीले बताएको छैन ।

 

Advertisement

 

प्रतिक्रिया