रसुवामा १७ मेगावाटको माथिल्लो मैलुङ-बि निर्माण हुँदै
नुवाकोट । रसुवाको मैलुङ खोलामा सम्भाव्यता अध्ययन भएको १७ मेगावाटको माथिल्लो मैलुङ ‘बी’ जलविद्युत आयोजना निर्माणको तयारी अघि बढेको छ।
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना अघि बढाएको हो। प्रस्तावित आयोजना रसुवाको उत्तरगया गाउँपालिका हुँदै बग्ने मैलुङ खोलामा निर्माण हुनेछ। विद्युत विकास विभागले सूचना निकालेर यो आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरुलाइ आग्रह गरेको छ।
यो आयोजनाको सम्भाव्यता अध्ययन २०२१ मा नै भएको हो। प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत तयार भइसकेको छ। यो नदी बहावमा आधारित आयोजना हो। जसबाट वार्षिक १०१.२ गिगावाट आवर विद्युत उत्पादन हुनेछ।
आयोजनाका मुख्य भौतिक संरचनाहरु मैलुङ खोलाको दायाँ किनारमा हुनेछन्। हेडरेस सुरुङ करिब ३४६२.५० मिटरको हुनेछ। २२४ मिटर ठाडो र ५१ मिटर तेर्सो पेनस्टक पाइप राखिनेछ। भूमिगत विद्युतगृह निर्माण प्रस्ताव गरिएको छ।
उत्पादित विद्युतलाई ११ किमि १३२ केभीए सिंगल सर्किट प्रसारणलाइनमार्फत त्रिशूली थ्री-बी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ।
यो आयोजनाबाट २०८३ चैतसम्ममा सम्पन्न गर्ने लक्ष्य छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया