हावाघरमा स्यानीटरी ल्याण्डफिल साइट बन्दै

विदुर खबर २०८० वैशाख १७ गते १३:२२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको हावाघरमा स्यानीटरी ल्याण्डफिल साइट बन्ने भएको छ ।

Advertisement

स्यानीटरी ल्याण्डफिल साइटको आईतवार विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी लगायतले शिलान्यास गरेका हुन् ।

स्यानीटरी ल्याण्डफिल साइट निर्माणको लागि गत बैशाख १० गते कर्मासाङ निर्माण सेवालाई भ्याट सहित ९४ लाख ९३ हजार ३ सय ७७ रुपैयाँमा निर्माणको जिम्मेवारी दिइएको छ ।

Advertisement

सो स्यानीटरी ल्याण्डफिल साइटको निर्माण आगामी असार २५ गतेसम्म काम सम्पन्न गर्न म्याद दिइएको नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।

स्यानीटरी ल्याण्डफिल साइटको निर्माण समयमा नै सम्पन्न गर्न सरोकार राख्ने स्थानिय र सबै सरोकारवालाहरुले चासो र ध्यानाकर्षण गर्नुपर्ने मेयर श्रेष्ठले बताए । उनले गुणस्तरीय कामको लागि सबै निकायले निर्माण कम्पनिलाई झकझकाउनु पर्ने समेत उल्लेख गरे ।

Advertisement

स्यानीटरी ल्याण्डफिल साइट शिलान्यास कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया