कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
नुवाकोट । कोरोना संक्रमणबाट सोमबार थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २३ पुगेको छ ।
यसअघि नेपालमा कोरोनाबाट चैत २९ गते १ जनाको मृत्यु भएको थियो । त्यसअघि चैत २८ गते १ जनाको मृत्यु भएको थियो जुन नेपालमा ३ महिनापछि कोरोनाबाट पहिलो पटक मृत्यु भएको घटना थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये आरटीपीसीआरतर्फ ६३ र एन्टिजेनतर्फ ४१ जनामा पोजिटिभ पुष्टि भएको हो । गत २४ घण्टामा ५७१ पीसीआर र १०६१ एन्टिजेन गरी १६३२ नमुना परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३७९ रहेको छ ।
त्यस्तैगरी काठमाडौं उपत्यकामा कोरोनाका ४४ जना उपचाररत छन् । त्यसमध्ये ३४ जना संस्थागत आइसोलेसनमा, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २६ हजार ६ सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया