झरनाको चिसो पानी रिमेक भर्सनमा
नुवाकोट । जमानाको सुपरहिट गीत झरनाको चिसो पानी नयाँ भर्सनमा आएको छ।
गीतकार रचनाकार सुरेश अधिकारीले नै गाएको यो गीत दुई गायक गायिकाको स्वरमा आएको हो। दुई दशकभन्दा लामो इतिहास बोकेको गीतका गीतकार तथा गायक सुरेश अधिकारीको गीत लोकप्रिय गायक राजु लामा र गायिका मेलिना राईको स्वरमा आएको हो।
गीत सगरमाथा डिजिटल प्रालिले रिमेक गरेको हो। गीतमा संगीत संयोजन योगेशकाजी शाहको रहेको छ। गीतकार अधिकारीको शब्द रचनामा रहेको गीतमा निरज कुमार सुनारको संगीत छ। कम्पनीले अहिले गीतमा एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जानकारी गराएको छ।
सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो, कम्पनीका अध्यक्ष हीरा केसीको भनाइ छ। गीत रिमेक गर्न रचनाकार, संगीतकार तथा गायक सबै पक्षसँग अनुमति पाएको उनले बताए। केही दिनअघि सार्वजनिक गीतको अडियो युट्युबको टझेन्डिध्रमा छ। गीतमाथि कुलेखानी आसपासका मनोरम दृश्यमा भिडियो बनाइएको छ।
मौसम हिमालीद्वारा निर्देशित भिडियोमा अभिनेता पुष्प खड्का र ललिना चिमरियाले अभिनय गरेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया