पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्याे

विदुर खबर २०७९ चैत २१ गते ८:४५

नुवाकोट । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ ।

Advertisement

सोमबार नेपाल आयल निगमकाे सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । निगमका अनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १० / १० रुपैयाँले र पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाउने निर्णय भएको हाे।

खाना पकाउने ग्याँसको मूल्य भने हाललाई प्रतिसिलिण्डर १८ सय रुपैयाँमै यथावत राखिएको छ । अब डिजेल र मटीतेलको खुद्रा मूल्य लिटरकाे १७५ रूपैयाँबाट घटेर १६५ रुपैयाँमा झरेकाे छ ।

Advertisement

यसैगरी, हवाई इन्धनमा पनि प्रतिलिटर  १० रुपैयाँले गिरावट भएकाे छ । पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटेर १७५ रुपैयाँमा खरिद गर्न पाइनेछ । यसअघि भारतबाट इन्धनकाे मूल्य घटेर आएको थियाे ।

 

Advertisement

प्रतिक्रिया