बेमौसमी हिमपातले जनजीवन असहज
नुवाकोट । ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो । पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे ।
त्यसपछि क्रमशः हिउँ पर्ने क्रम न्यून हुँदै चैतदेखि मौसम न्यानो र खुला हुन्थ्यो । तर यस वर्ष त्यसको ठीकविपरीत भएको छ । पुस–माघमा हिउँ नपरेर चैत लागेदेखि सामान्य वर्षासँगै हिमपात भइरहेको छ ।
पछिल्लो समय दैनिकजसो साँझ, बेलुका वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपात भइरहेको छ । शुक्रबार बेलुका तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरासहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
यसअघि सामान्य हिमपात भए पनि यति धेरै हिउँ खसेको थिएन । साँझ परेपछि वर्षा हुने र हिउँ पर्ने क्रम केही दिनदेखि चलिरहेको हिमाली बस्ती घुन्साका दीपक शेर्पाले बताए ।
यता ओलाङचुङगोलामा समेत केही दिनदेखि सामान्य वर्षासहित हिमपात भइरहेको छ । यो वर्ष ढिलो गरेर हिमपात भए पनि विगतका वर्षमा जस्तो बाक्लो हिमपात भने भएको छैन । “विगतमा यतिबेलाको जस्तो चैतमा हिउँ पर्दैनथ्यो, यो वर्ष हिउँ पर्ने बेला पुस–माघमा मौसम खुला भयो, हिजोआज वर्षा र हिमपात भइरहेको छ”, शेर्पाले भने।
यो वर्ष शुक्रबार पहिलो पटक केहि उच्च क्षेत्रका गाउँमा समेत हिउँ परेको छ । सिरीजङ्घा गाउँपालिकामा पर्ने याम्फुदिन, मामांखे, मिक्वाखोला गाउँपालिकाको पापुङ लगायतका गाउँमा हिमपात भएको स्थानीयले बताए ।
हिउँदको समयमा पानी नपर्दा हिउँदे बालीनाली फस्टाउन नसके पनि पछिल्लो समयमा परेको वर्षाले भने किसानलाई सामान्य राहत मिलेको छ । तर तल्लो क्षेत्रसम्म नै हिउँ पर्दा भने अलैँची बालीमा क्षति हुन्छ ।
“अलैँची, मकै, जौँ, गहुँ, तरकारी र फलफूल खेतीका लागि हिउँदमै वर्षा हुनुपथ्र्यो, यो वर्ष हिउँदमा वर्षा भएन तैपनि आजभोलिको वर्षाले सामान्य राहत मिलेको छ”, फावाखोलाका कमल विष्टले भने।
तर यतिबेला पर्ने हिउँले अलैँची खेतीलाई भने असर गर्ने उनको भनाइ छ । बाक्लो हिउँले अलैँचीका बोट ढल्ने, हिमपातपछि चर्को घाम लाग्दा बोट सुक्नेजस्ता समस्या देखिने गरेको उनले बताए ।
ताप्लेजुङमा यो वर्ष फागुन मध्यतिर फाट्टफुट्ट वर्षा र हिमपात भएको थियो । त्यसयता निकै दिनपछि चैत लाग्दादेखि सामान्यतया वर्षा भइरहेको छ । उच्च क्षेत्रमा भएको बेमौसमी हिमपातले आलुखेतीमा असर पुर्याएको छ ।
मानव बसोबास रहेका यहाँका हिमाली गाउँ घुन्सा, याङ्मा, ग्याब्ला, फले, ओलाङचुङगोलालगायतमा यतिबेला आलु रोपिसकिएको छ । केही दिनअघि रोपिएको आलु नउर्मिदै हिउँ परेकाले बीउ कुहिन सक्ने सम्भावना भएको स्थानीयले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











एभरेष्ट कलरको आईपीओ बाँडफाँट
सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य
पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो





प्रतिक्रिया