व्यवसायीको मनोबल बढाउने गरी काम गर्छु : अर्थमन्त्री महत
नुवाकोट । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले निराशमा रहेका व्यवसायीको मनोबल बढाउन नेपाल राष्ट्र बैंकसँग समन्वय गरी काम गर्ने बताएका छन् ।
शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले व्यवसायीमा देखिएको नैराशयता अन्त्य गर्न राष्ट्र बैंकको अहम भूमिका रहेको भन्दै अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वयन गरेर काम गर्ने बताए ।
‘लघुवित्त र सहकारीहरु समस्यामा छन् । यसमा राष्ट्र बैंकको अहम् भूमिका छ । अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वय गरी काम गर्न जरुरी छ,’ उनले भने, ‘अर्थतन्त्रमा रहेका निराशालाई आशामा बदल्नु छ ।
सकारात्मक सोचमा बदल्नु छ । ब्याजदर उच्च छ, सेयर बजारमा निराशा छ, उद्योगी व्यवसायी सबैमा निराशा बढेको छ । सबैको आत्मविश्वास बढाउनुपर्ने छ । त्यसका लागि राष्ट्र बैंकसँग समन्वयन गरी अर्थ मन्त्रालयले सक्रियताको साथ काम गर्छ ।’
लगानीमा नकारात्मक वातावरण बनेको भन्दै उनले त्यसलाई सकारात्मक बनाउन आवश्यक रहेको बताए । त्यसमा राष्ट्र बैंकको ठूलो भूमिका हुने भन्दै उनले यो र त्यो भन्ने भन्दा पनि राष्ट्र बैंक सँगसँगै काम गर्ने बताए ।
‘यो र त्यो भन्ने होइन । हामी सँगै काम गर्ने हो । राज्य संरचनाको जिम्मेवारीलाई यो र त्यो नभनी अर्थतन्त्रलाई उकास्ने हो’ उनले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया