आज मन्त्रिपरिषद्‌ विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड

विदुर खबर २०७९ चैत १७ गते ८:०५

नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छ्न्।

Advertisement

१० दलीय गठबन्धनको बिहीबारको बैठकमा जुटेको सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।  नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले शुक्रबार दिउँसो ३ बजेसम्म नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराउनेगरी तयारी भइरहेको जानकारी दिए।

बिहीबार बसेको गठबन्धनको बैठकले मन्त्रालयहरुको भागबण्डा टुंग्याएको थियो।

Advertisement

हालसम्मको सहमतिमा नेपाली कांग्रेसले ८‚ नेकपा माओवादी केन्द्रले ५‚ एकीकृत समाजवादी पार्टीले २, जसपाले २, लोसपाले १, जनमतले १, नागरिक उन्मुक्तिले १, नेसपाले १ र आम नागरिक पार्टीले १ मन्त्रालय  पाउने भएका छन्।

गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚  सहरी विकास‚  भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने सहमति भएको छ।

Advertisement

माओवादीले उपप्रधानसहित गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो। एकिकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ।

नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚  कृषि तथा पशुपन्छी मन्त्रालय‚  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको सहमति भएको छ।

अन्तिम समयमा केही मन्त्रालय हेरफेर पनि हुन सक्ने स्रोतले बतायो।

प्रतिक्रिया