कोरोना बढेसँगै नाकामा परीक्षण शुरू गरिँदै
नुवाकोट । गत सातादेखि एकाएक कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकाहरूमा पुनः कोभिड–१९ परीक्षण कार्यलाई निरन्तरता दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार सीमा नाकामा कोरोना महामारीको बेलामा बनाइएका संयन्त्रहरू सक्रिय बनाउन लागिएको हो ।
जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउन विभिन्न सञ्चार माध्यमबाट सचेतना फैलाइएको जानकारी दिँदै उनले संक्रमण फैलन नदिन मन्त्रालय सक्रिय रहेको बताए ।
जोखिममा रहेका व्यक्तिलाई जोगाउन परिवारकै भूमिका बढी हुने जिकिर गर्दै उनले ‘कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा रोग प्रतिरोधात्मक क्षमतामा कमी भएका, दोस्रो मात्राको खोप लगाएको ६ महिना पूरा भएका या बुस्टर मात्रा लगाएको ६ महिना पूरा भएका ५५ वर्षमाथिका जेष्ठ नागरिकहरूलाई कोरोना संक्रमणबाट बचाउने उद्देश्यले पुनः बुस्टर मात्रा दिने कार्यक्रम ल्याएको छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टिजेन विधिबाट ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत ३ दिनमा १७ जना संक्रमित निको भएर घर फर्किसकेको छ । अहिले देशभरि सक्रिय संक्रमितको संख्या १ सय २३ जना रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ४ वर्षभित्रमा कोरोना महामारीका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म ६० लाख २० हजार १ सय ३८ जनामा पीसीआर परीक्षण गरिएको छ भने १५ लाख ३९ हजार २ सय ८ जनाको एन्टिजेन परीक्षण गरिएको छ । पीसीआरबाट १० लाख १ हजार ३ सय २५ जना र एन्टिजेनबाट १५ लाख २ हजार ३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यही चैत्र ८ गते १ हजार ३ सय ८७ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शून्य रहेको थियो । त्यसअघि २०७९ पौष २३ गते ५ सय ५५ जनामा कोरोना परीक्षण गर्दा ३ जनामा संक्रमित पुष्टि भएको थियो भने सोही दिन १ जनाको उपचारकै क्रममा मृत्यु भएको थियो । यसपछिका दिनमा कोरोना संक्रमण दर न्यून रहँदै आएकोमा गत सातादेखि बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३० मार्च २०२३ सम्ममा ६८ करोड ३६ लाख ६४ हजार ३ सय २३ जना पुगेको छ भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६८ लाख २९ हजार ३ सय ६६ रहेको छ । त्यसै गरी यो अवधिमा विश्वभरि कोरोना संक्रमणबाट निको हुनेको संख्या ६५ करोड ६६ लाख ४३ हजार ६ सय ३४ रहेको छ ।
चार वर्षको अवधिमा अमेरिकामा १० करोड ६१ लाख ६३ हजार ४ सय ८ जना सक्रिय संक्रमित भएकोमा ११ लाख ५४ हजार ३ सय ५३ जनाको मृत्यु भएको विश्वको तथ्यांकमा उल्लेख छ । कोरोना उदगम स्थल चीनमा भने १६ करोड जनसंख्याको कोरोना परीक्षण गरिएको र तीमध्ये ५० लाख ३ हजार ३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ । चीन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या केवल ५ हजार २ सय ७२ जना मात्र रहेको जनाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया