तारकेश्वर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा वाग्ले
विदुर खबर
२०७९ फागुन २८ गते १९:१९

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा बद्री प्रसाद शर्मा वाग्ले नियुत्त भएका छन् ।
विगत एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत विहिन रहेको गाउँपालिकामा वाग्लेले आज कार्यभार समालेका हुन् ।
प्रमुख प्रशासकिय अधिकृत वाग्लेलाई पालिका अध्यक्ष शिव अधिकारीले स्वागत गरेका छन् । अधिकारीले गाउँपालिकालाई चलायमान र विकासको गतिलाई अगाडि बढाउन आग्रह गरे ।
त्यस्तै काम गर्नेक्रममा कसैको डर त्रासमा नपरी गाउँपालिको हित विकासको लागि सहयोग गर्न निर्देशन दिँदै हिउँदे अधिवेशन छिटो गर्ने वातावरण मिलाउन आग्रह गरे ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया