शिवपुरी अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
विदुर खबर
२०८२ पुष १८ गते ११:२६
नुवाकोट । लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई बिहीबार एक करोड ७६ लाख २० हजार रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

लायन्स क्लब इन्टरनेशनलका निवर्तमान निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्सको ‘डिस्ट्रिक्ट गभर्नर’ विनोद ढुंगाना र परियोजना संयोजक एवं ‘लायन्स क्लब अफ ओमकारका प्रेसिडेन्ट रामहरि सिलवालसहितको टोलीले गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया र उपाध्यक्ष वीरबहादुर तामाङलगायतलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।
शिवपुरी–५, चालिसेस्थित अस्पतालमा लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेशनका साथै ‘लायन्स क्लब अफ ओमकार’ र ‘लायन्स क्लब अफ मिडटाउन’को सहयोगमा संकलित ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित
देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहल गर्छु : लामिछाने
रसुवामा सामानुपातिकतर्फ पनि कांग्रेस पहिलो





प्रतिक्रिया