बट्टार क्याम्पसको स्ववीयु कब्जा गर्न कांग्रेस, माओवादी र समाजवादी एकजुट
नुवाकोट । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचनमा तीन विद्यार्थी संगठनले गठबन्धन गर्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी र एकिकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववीयुले गठबन्धन गरेर चुनाव लड्ने सहमति गरेका हुन् ।
सहमति अनुसार १९ सदस्यीय कार्यसमितिको प्रत्यक्षतर्फका १० सिटमा गठबन्धन गर्ने निर्णय भएको छ । सहमति अनुसार नेविसंघले अध्यक्षसहित ३ सदस्य पाउने छ भने अखिल क्रान्तिकारीले सचिवसहित २ सदस्य पाउनेछ । त्यस्तै समाजवादी निकट अनेरास्ववीयुले कोषाध्यक्ष सहित दुई सदस्य पाउने बताइएको छ ।
सभापतिमा नेविसंघको तर्फबाट रविन दाहालले चुनाव लड्ने छन् भने सचिवमा अखिल क्रान्तिकारीका राजेन्द्र पनेरु र कोषाध्यक्षमा एकिकृत समाजबादी पार्टी निकट अनेरास्ववीयुका मनोज पौडेलले जिम्मा पाएका छन् ।
यस्तै प्रत्यक्षतर्फको सदस्यहरुमा नेविसंघको तर्फबाट अश्विन रिमाल, सन्तोष पन्त र सुप्रिया पौडेल रहेका छन् भने क्रान्तिकारीको तर्फबाट अस्मिता पौडेल, जनक भट्ट रहेका छन् ।
त्यस्तै अनेरास्ववीयुको तर्फबाट संजिता रिमाल र प्रदिप ढुङगाना रहेका छन् ।
तीन विद्यार्थी संगठनले गठबन्धन गरेर चुनाव लड्ने सहमति गरेसँगै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु दवावमा परेको छ ।
झण्डै १२ वर्षपछि हुन लागेको बट्टार क्याम्पसको स्ववीयु निर्वाचनलाई सबैले चासोको साथ हेरेका छन् । बट्टार क्याम्पसमा यसअघि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुले कब्जा गरेको थियो ।
बट्टार क्याम्पसमा कुल एक हजार एकसय ४३ जना मतदाता रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया