बैंकको ब्याजदर घट्यो

विदुर खबर २०७९ फागुन २५ गते १२:३८

नुवाकोट । नेपाल बैंकर्स संघ, (एनबिए) ले बचतको ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने निर्णय गरेको छ ।

Advertisement

संघको आज बसेको बैठकले बचतको ब्याजदर घटाएर न्युनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय गरेको संघका एक कार्यसमिति सदस्यले बताए । यस अघि बचततर्फको न्युनतम ब्याजदर ६.४२ प्रतिशत र अधिकतम ब्याजदर ८.४२ प्रतिशत थियो।

बैठकले ऋणको ब्याजदर निर्धारण गर्दा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको छ । यस अघि ६ प्रतिशतसम्म प्रिमियम थप गर्ने गरेका थिए ।

Advertisement

बैंकहरुले माघमा कर्जाको ब्याज १ प्रतिशत घटाएका थिए भने फागुनमा निक्षेपको ब्याज घटाएका थिए । बैंकहरुले ब्याजदर घटाउदा लागत घट्न गई बैंकहरुको औसत बेस रेट घटेको छ ।  बैंकहरुको हालको औसत बेसरेटलाई आधार मान्दा  र अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था हुँदा ऋणको ब्याज अब १४ प्रतिशतभन्दा माथि नजाने देखिन्छ ।

यी दुवै व्यवस्था चैत्र देखि लागु हुने छ ।  बैठकले मुद्दती निक्षेपको ब्याजदरमा भने फेरबदल गरेको छैन ।

Advertisement

प्रतिक्रिया