खड्काद्धारा पन्चकन्याका मिजारलाई आर्थिक सहयोग

विदुर खबर २०७९ फागुन १९ गते २१:१२

नुवाकोट । नेकपा एमाले नुवाकोटका जिल्ला कमिटि सदस्य तथा समाजसेवी शुशिल खड्काले पन्चकन्या गाउँपालिका वडा नम्बर २ का सुन्दर मिजारलाई अािर्थक सहयोग गरेका छन् ।

Advertisement

दुई वर्षदेखि पिसाबको थैलो शरीर बाहिर राखेर हिडिरहेका मिजारलाई खड्काले काठमाण्डौको टिचिङ अस्पताल पुगेर २५ हजार रुपैया सहयोग गरेका हुन् ।

खड्काले मिजारको आर्थिक अवस्था कमजोर भएकोले २५ हजार रुपैयाँ सहयोग गरेको जानकारी दिए । खड्काबाट आर्थिक सहयोग प्राप्त गरेपछि मिजारले खुशी व्यत्त गर्दै सबैले आर्थिक सहयोग गरेमा जीवन बाँच्ने आशा पलाएको बताए ।

Advertisement

यसअिघ आज नै खड्काले शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापति रहेको चन्द्रमाला मन्दिरमा आयोजित सप्ताहमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

नुवाकोटमा हुने धेरै सामाजिक काममा खड्काको संलग्नता रहने गरेको छ ।

Advertisement

प्रतिक्रिया