नुवाकोटमा मतदाता नामावली अद्यावधिक सुरु

विदुर खबर २०७९ फागुन १९ गते २०:४०

नुवाकोट । निर्वाचन आयोगले नुवाकोटमा मतदाता नामावली अद्यावधिक गर्न थालेको छ ।

Advertisement

दोहोरो मतदाता, निधन भएका, नाम फरक, दुई स्थानीय तहमा नामावली रहेको लगायत त्रुटि सच्याउने कार्य थालिएको हो ।

जिल्लाका १५ सय दोहोरो मतदाता हटाइएको जिल्ला निर्वाचन कार्यालयका जयप्रसाद गौतमले बताए । साथै चितवन २ मा हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरेर अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

Advertisement

आयोगले तयार गरेको फोटोसहितको मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न सहज पहुँच प्रदान गर्ने जनाएको छ । नुवाकोटमा २ संघीय र ४ प्रदेश निर्वाचन क्षेत्र छन् । निर्वाचन कार्यालयका अनुसार जिल्लामा मतदाता संख्या २ लाख ४० हजार २ सय ७८ पुगेको छ । १ सय ३२ मतदानस्थल र २ सय ८८ स्थायी मतदान केन्द्र छन् भने २ वटा अस्थायी मतदान केन्द्र छन् ।

३२ करोड निर्वाचन खर्च मिनाहा

Advertisement

गएको स्थानीय निर्वाचनमा गाउँपालिका सदस्यदेखि नगरप्रमुखसम्म क्रमशः १ लाख ५० हजारदेखि ४ लाख ५० हजारसम्मको गरी ३२ करोड रुपैयाँ निर्वाचन खर्च मिनाहा भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया