सुनको मूल्य तोलामा १०० रुपैयाँले घट्यो
विदुर खबर
२०७९ फागुन १९ गते ११:५६

नुवाकोट । साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ।
शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तोलामा १०० रुपैयाँले घटेपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६०० र तेजाबी सुन प्रतितोला १ लाख २ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार भने चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।
सम्बन्धित
प्रतिक्रिया