माओवादीमा दुई गुटः प्रचण्डलाई बादलको चुनौती

विदुर खबर २०७४ फागुन ११ गते १२:२८

११ फागुन, काठमाडौं । वैद्य समूहमा रहँदा राजनीतिमा असफल बनेका रामबहादुर थापा बादल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्केपछि भने उनले सिंगै पार्टी अघोषितरुपमा कब्जा गर्न सफल बनेका छन् ।

Advertisement

रामबहादुर थापा वादल तिनै नेता हुन्, जसलाई जनयुद्ध सुरु भएको केही वर्षपछि नै प्रचण्डले ‘लिन प्याओवादी नेता’ को उपमा दिएका थिए । ‘लिन प्याओ’ त्यस्ता चिनिया नेता थिए, जसले अध्यक्ष माओको प्रशंसा गर्दै उनको उत्तराधिकारी बनेर माओवादीलाई सिध्याउने असफल प्रयास गरेका थिए ।

प्रचण्डले एक समयमा ‘लिन प्याओवादी नेता’ को संज्ञा दिएका रामबहादुर थापा वादलले अहिले प्रचण्डको विरोध नगरिकन, उनलाई सुम्सुम्याएरै पार्टीभित्र आफ्नो वर्चश्व बलियो बनाएका छन् ।

Advertisement

माओवादी पार्टीमा आफ्नो बहुमत नभए पनि बादलले कूटिलतापूर्वक प्रचण्डको भन्दा बलियो उपस्थिति जनाइसकेका छन् । प्रदेश सरकारपछि अब केन्द्रमा प्रचण्डको भन्दा बहुमत हासिल गर्ने रणनीतिमा बादल समूह सक्रिय बनेको छ ।

विगतमा मोहन वैद्य र बाबुराम भट्टराई सँगै भएका बेला तीन धार देखिएको माओवादी केन्द्रमा एमालेसँग एकता हुनै लाग्दा वादल समूहले टाउको उठाएको छ ।

Advertisement

यद्यपि प्रचण्ड र वादल समूहवीचको भिन्नता वैचारिक राजनीतिक विषयमा नभएर कसलाई सांसद र मन्त्री बनाउने भन्ने पदीय विषयमा मात्रै केन्द्रित छ ।

प्रतिक्रिया