अपर तामाकोशीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
विदुर खबर
२०७९ फागुन १६ गते २०:१५

नुवाकोट । विद्युत नियमन आयोगले अपर तामाकोशी हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ ।
आयोगको आज बसको १८७ औं बैठकले कम्पनीलाई शत प्रतिशत हकप्रद निष्काशन गर्न दिने निर्णय भएको हो । आयोगका अध्यक्ष दिल्ली सिहंले अपर तामाकोशी हाइड्रोपावरलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न दिने निर्णय भएको हो ।
कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । अपर तामाकोशीले गत वर्षदेखि विजुली उत्पादन गर्दै आइरहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया