सेयर बजार झिनो अंकले घट्यो,तीन कम्पनिको लगानीकर्ता मालामाल

नुवाकोट । साताको तेस्रो दिन मंगलवार सेयर बजार झिनो अंकले घटेको छ ।
आज बजार ३ दशमलव ८१ प्रतिशतले घटेर २ हजार १९ अंकमा पुगेको छ । आज कुल एक अर्व ३८ करोड ७८ लाख ६५ हजार ५ सय १५ रुपैयाँको कारोवार भएको छ ।
आज बजारमा कुल २ सय ६२ कम्पनिको ३९ लाख ४६ हजार २४ कित्ता सेयर कारोवार भएको थियो ।
आज सबैभन्दा बढी तीन लघुवित्तका लगानीकर्ताले कमाएका छन् । बढी कमाउनेमा आर्दश लघुवित्त, खप्तड लघुवित्त र आधिखोला लद्यसवित्तका लगानीकर्ताले कमाएका छन् ।
यस्तै प्रिमियर इन्स्यमेरेन्स, राप्ती हाइड्रोपावर र सामलिङ पावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
कारोवारतर्फ सबैभन्दा बढी युनिभर्सल पावर कम्पनि लिमिटेड अग्रस्थानमा रहेको छ । उसको सबैभन्दा बढी ७५ करोड ५५ लाख ११ हजार ५ सय ८४ रुपैयाको कारोवार भएको छ ।
यस्तै शिवम सिमेन्टको ६५ करोड ६९ लाख ९ सय ८९ रुपैयाको कारोवार भएको छ भने सानिमामाइ हाइड्रोको ६४ करोड ६१ लाख ३ हजार ९ सय ७७ रुपैयाको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया