नेपाल स्टक हाउसद्धारा विदुर नगरपालिकामा शेयर लगानीकर्तालाई तालिम

विदुर खबर २०७९ फागुन १६ गते १२:३८

नुवाकोट । नेपाल स्टक हाउस प्राली (ब्रोकर नं. १४) को आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ दिने शेयर लगानीकर्ता शिक्षा सचेतना तथा तालिम सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रमको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी र नेपाल स्टक हाउसका अध्यक्ष इश्वरी प्रसाद रिमालले संयुत्त रुपमा गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दे मेयर राजन श्रेष्ठले नुवाकोटमा शेयर बजार सम्बन्धी तालि हुनु आफैमा अनौठो लागेको बताए । उनले नुवाकोटमा यस्ता किसिमको कार्यक्रमले समृद्धि नुवाकोट बनाउने अभियानमा साथ मिलेको बताए । मेयर श्रेष्ठले आफू पनि शेयर बजारप्रति सकारात्न्मक रहेको भन्दै बजार घट्न नदिन सबै पक्षहरुले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए ।

Advertisement

यस्तै तालिममा नेपाल धितोपत्र बोर्डका कार्यकारी उप–निर्देशक रुपेश केशीले पुँजी बजारको समग्र विषय बस्तुहरुको वारेमा जानकारी गराउनुका साथै शेयरबजारमा देखिएका समस्याहरुको समाधानका लागी धितोपत्र बोर्डले काम गारिरहेको जानकारी दिए ।

त्यस्तै सिडिएस एण्ड क्लियरिङ्गका गुनासो व्यावस्थापन अधिकृत देवराज रिजालले सिडिएस एण्ड क्लियरिङ्गको काम कर्तव्य र अधिकारको विषयमा जानकारी गराएका थिए ।

Advertisement

त्यस्तै तालिमममा बजारका आधारभूत विश्लेषक सन्तोषराज बजगाईले शेयर बजारमा ब्याजदरको प्रभाव र सामान्य प्रविधिक विश्लेषणको वारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमवावु ढुङ्गेल, विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधि र आम सेरय लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

तालिममा करिब ३ सयभन्दा भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया