आशा लघुवित्तको लाभांशमा राष्ट्र बैंकले कैँची चलायो
विदुर खबर
२०७९ फागुन १६ गते १२:३३
नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९को प्रस्तावित लाभांशमा कटौती गरेको छ।
गत माघ २३ गते संस्थाले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो।
राष्ट्र बैंकले आशा लघुवित्तको लाभांश गर्दै चुक्तापुँजीको १४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७१४३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो।
राष्ट्र बैंकबाट स्वीकृत लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गर्ने कम्पनीले जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा





प्रतिक्रिया