आईएमई लाईफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

विदुर खबर २०७९ फागुन १४ गते १२:०२

नुवाकोट । आईएमई लाईफ इन्स्योरेन्सले बीमित नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका विष्णु वहादुर श्रेष्ठको परिवारलाई जीबन बीमा भुक्तानी गरेको छ ।

Advertisement

शनिवार बट्टारमा आयोजित एक कार्यक्रमका विच तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद रिमाल, विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबावु ढुङ्गेल र कम्पनीका क्षेत्रिय प्रबन्धक सुनिल अधिकारीले मृतकका श्रीमति गोमा श्रेष्ठलाई ५ लाख ३० हजार रुपैयाँको दाबी भुक्तानी रकम हस्तान्तरण गरेका हुन् ।

स्वर्गिय श्रेष्ठले २०७६ सालमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड नुवाकोट शाखाबाट ५ लाख रुपैयाँको धन सिरता विमा योजना खरिद गरि ८१ हजार ३ सय रुपैयाँ जम्मा गरेका थिए ।

Advertisement

कार्यक्रममा बोल्दै आईएमई लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडका क्षेत्रिय प्रबन्धक सुनिल अधिकारीले बीमितहरुलाई समयमानै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएकोले दाबी भुक्तानी गरिएको बताए ।

उनले बीमा दाबी भुक्तानी प्रकृया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रम चिर्नुपर्ने बताए । उनले सरल किसिमले सवमा दाबी भुक्त्तानी हुँदा बीमाप्रति जनविश्वास बढ्ने बताए ।

Advertisement

यस्तै तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद अधिकारीले बीमा दाबी भुक्तानी प्रकृया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रमलाइ चिर्नुपर्ने बताए ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबावु ढुङ्गेलले विमा पैसाको लागि मात्र नभई दुखको सारथी रहेको बताए । यस्तै उनले सहज रुपमा दावी भुक्तानी हुँदा बीमाप्रति जनविश्वास बढ्ने समेत उल्लेख गरे ।

मृतक श्रेष्ठको कलेजोसम्बन्धी समस्याको कारण काठमाण्डौको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृतकको भौतिक क्षतिको परिपुर्ती गर्न नसके पनि आर्थिक क्षतिको न्युनीकरणमा सो विमा रकमले सहयोग गर्ने विश्वास ाईएमई लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेढ नुवाकोट शाखा प्रमुख सिताराम पौडेलले विश्वास व्यक्त गरेका छन् ।

 

 

प्रतिक्रिया