छड्के–२ मा डन बन्दै अनमोल केसी

विदुर खबर २०७९ फागुन १० गते १०:२५

नुवाकोट । लभरब्वाइमा मन पराइएका अनमोल केसी छड्के–२ मा डनका रुपमा देखिँदै छन्। शरीरभरि ट्याटु, हातमा हमेसा खुँडा, बुलेट बाइकको सवारी। यस रुपमा देखिनेछन् छड्के–२ मा अनमोल।

Advertisement

आगामी फागुन १९ गते रिलिज हुने फिल्ममा उनी तीन ग्याङको मुख्य डनको रुपमा रहेको खुलेको छ। ग्याङस्टरको कथा बोकेको फिल्ममा तीन ग्याङ रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रिन ग्याङको कथा छ।

जसको उद्देश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो। तीन ग्याध्रमध्ये एउटा ग्याध्रको नेता अनमोल केसी हुन्। ग्रिन ग्याङको नेता बनेका छन् फिल्ममा अनमोल।

Advertisement

अनमोलको यो पहिलो ग्याङस्टर सिनेमा हो। यी तीनवटा ग्याध्रमध्ये कसले जित्छ र यार्सागुम्बुमा आप्mनो पकड जमाउँछ भन्ने कथा वरपर फिल्म घुमेको छ।

मनाङको सुन्दर पठार देखाउने फिल्ममा प्राकृतिक स्रोतको उपयोग र दोहनमा हुने लुछाचुँडीसँगै नेपालका उच्च हिमाली भेगको सुन्दरता पनि देखिने यसका निर्देशक निगम श्रेष्ठले बताए।

Advertisement

स्थानीयस्तरमा प्राकृतिक स्रोतको उपयोग र दुरुपयोग कसरी भइरहेको छ भन्ने यो फिल्मले देखाउँछ। हामीले मनाङ पुगेर यार्सागुम्बाको कथा भनेका छौँ, यो त एउटा प्रतिनिधि घटनामात्रै हो फिल्मको लेखकसमेत रहेका निर्देशक श्रेष्ठ भन्छन्, देशका हरेक प्राकृतिक स्रोतमा स्थानीयस्तरमा यस्तै, लडाई झगडा हुने गरेको छ।

आआप्mनो ग्याङ बनाएर त्यस्तो स्रोत हत्याउने काम भइरहेको छ। यस्ता ग्याङले कहाँबाट कसको सहयोग पाउँछन् र चोखिन्छन् त्यो पनि केही हदसम्म फिल्मले देखाउने छ। यिनै ग्याङ, जसले निर्वाचनमा नेताले आप्mनो जितका लागि प्रयोग गर्छन्। जसका कारण उनीहरुको संरक्षण गर्नु उनीहरुको नैतिक धर्म पनि हो।

त्यसैले नेताकै आडमा यस्ता समूहले समाजमा गुण्डागर्दी गर्ने गरेको हामीले देखाएका छौँ ।

अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवि अधिकारी, कुमार घलानलगायत कलाकारले अभिनय गरेको फिल्ममा राजकुमार उप्रेतीको एक्सन, मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन तथा रवि चौधरी र लोकेश बज्राचार्यको सम्पादन रहेको छ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठद्वारा निर्मित फिल्ममा निर्भाना फिल्म स्कुल र लक्ष्मण काप्mले कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया