जीवन विकास लघुवित्तले ३७ लाभांश दिने

विदुर खबर २०७९ फागुन ८ गते १०:३८

नुवाकोट । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Advertisement

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये २८ प्रतिशत बोनस शेयर रहेको छ भने ९.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

फागुन ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Advertisement

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया