चैनपुर वस र्दुघटनाका घाइते भेट्न केसी दाजुभाई अस्पताल पुगे
विदुर खबर
२०७९ फागुन ४ गते २२:३१

नुवाकोट । नुवाकोटको विदुर १२ चैनपुरमा भएको वस र्दुघटनाको घाइतेहरुको अवस्था बुझ्न केसी दाजुभाई काठमाण्डौका ट्रमा सेन्टर पुगेका छन् ।
नुवाकोटमा सामान्य उपचार गरि काठमाण्डौ रिफर गरिएका विरामीहरुको अवस्था बुझ्न नेपाली कांग्रेसका नेताद्धय केदारनरसिंह केसी र जगदिश्वरनरसिंह केसी अस्पताल पुगेका हुन् ।
उनीहरुले विरामी अवस्था बुझी अस्पताल प्रशासनलाई उपचारमा कुनै कसर बाँकी नराख्नु आग्रह गरेका छन् ।
यसअघि आजै विदुर १२ चैनपुरमा यात्रुवाहक वस र्दुघटना हुँदा ३ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया