विदुरमा एक वृद्ध मृत अवस्थामा भेटिए

विदुर खबर २०७९ फागुन २ गते १३:११
सांकेतिक तश्वीर ।

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका २ स्थित सेराको सडक किनारमा सोमवार  एक वृद्ध मृत अवस्थामा भेटिएका छन् ।

Advertisement

लिखु गाउँपालिका ४ चौघडाका ७१ वर्षीय झिल्के राई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले बताए ।

उनको पोष्टर्माटम गरी आफन्तलाई शव बुझाइएको प्रहरीले जनाएको छ ।

Advertisement

यद्यपि मृत्युको कारण यकिन भएको छैन । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया