चिलिमे जलविद्युतको नाफा घट्यो
नुवाकोट । चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा चिलिमे जलविद्युत कम्पनिको नाफा घटेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी बढेपनि खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो। कम्पनीको अगुवाईमा स्थापना भएका जलविद्युत कम्पनीहरुमाफृत प्रबद्र्धित कुल २७०.३ मेगावाट क्षमताका ४ जलविद्यूत आयोजनाहरु निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.७९ प्रतिशत घटेको छ। त्यसैगरी कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ७.८६ प्रतिशत बढेको छ। बैंक मौज्दात बढेको र ब्याजदर पनि बढेका कारण कम्पनीको यस्तो आम्दानी बढ्न पुगेको हो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ रुपैयाँ ८९ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० रुपैयाँ ८५ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.३२ गुणा रहेको छ।
७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३ अर्ब ४० लाख रुपैयाँ रहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया