चिलिमे जलविद्युतको नाफा घट्यो

विदुर खबर २०७९ माघ २९ गते १२:०३

नुवाकोट । चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा चिलिमे जलविद्युत कम्पनिको नाफा घटेको छ ।

Advertisement

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढेपनि खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो। कम्पनीको अगुवाईमा स्थापना भएका जलविद्युत कम्पनीहरुमाफृत प्रबद्र्धित कुल २७०.३ मेगावाट क्षमताका ४ जलविद्यूत आयोजनाहरु निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।

Advertisement

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.७९ प्रतिशत घटेको छ। त्यसैगरी कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ७.८६ प्रतिशत बढेको छ। बैंक मौज्दात बढेको र ब्याजदर पनि बढेका कारण कम्पनीको यस्तो आम्दानी बढ्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ रुपैयाँ ८९ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० रुपैयाँ ८५ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.३२ गुणा रहेको छ।

Advertisement

७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३ अर्ब ४० लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया