नुवाकोटमा सोनाम ल्होछार मनाइयो

विदुर खबर २०७९ माघ ८ गते १५:२६

नुवाकोट । नुवाकोटमा विविध कार्यक्रम गरी २८५९ औं सोनाम ल्होछार मनाइएको छ ।

Advertisement

नेपाल तामाङ घेदुङ नुवाकोटको आयोजनामा शनिबार विदुर नगरपालिका-४ बट्टारमा ल्होछार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं नुवाकोट १ (१) बाट वाग्मती प्रदेश सदस्यमा निर्वाचित सांसद राधिका तामाङले तामाङ जातिको संस्कृति र आफ्नो पहिचानको जगेर्ना गर्न यस्ता कार्यक्रमले सघाउने विश्वास व्यक्त गरिन् ।

नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव तथा कार्यक्रम संयोजक जयमान वाइबाले तामाङ संस्कार र संस्कृतिको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा तामाङ समुदायमा प्रचलित गीत, संगीत र नाच प्रस्तुतित गरिएको थियो ।

Advertisement

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, सुरक्षा निकायका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारी र सर्वसाधारणको उपस्थिति थियो ।

विश्वका तामाङले आ-आफ्नो अनुकूलतामा फरक-फरक दिन र समयमा ल्होछार पर्व मनाउने गरे पनि यस वर्ष ल्होछारको मुख्य दिन आइतबार माघ ८ गते परेको छ । आइतबार केन्द्र सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

Advertisement

 

प्रतिक्रिया