विदुर नगरपालिकाले पुस २७ गते सार्वजनिक विदा दिने
नुवाकोट । विदुर नगरपालिकाले राष्ट्रिय एकीकरण दिवसको अवसरमा आगामी बुधवार पौष २७ गते सार्वजनिक विदा दिने भएको छ ।
नगरपालिकाले आगामी पौष २७ गते बुधवार आफ्नो मातहतमा अन्तर्गत रहेका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनालले जानकारी दिए ।
पृथ्वीनारायण शाहले विभिन्न बाइसे र चौबीसे राज्यमा टुक्रिएको नेपाललाई एकीकरण गरेर उदाहरणीय बनेका थिए । उनको यो एकीकरणकै कारण अहिलेसम्म नेपाल एकढिक्का छ ।
तर राजनीतिक पूर्वाग्रह राखेरै र पृथ्वीनारायण शाहका सन्तानले गरेको गल्तीको प्रतिशोध उनीमाथि साँधेर यसअघि २०६३ को परिवर्तनपछि पृथ्वी जयन्तीमा विदा दिने चलन हटाइएको थियो। विस १७७९ पुस २७ गते गोरखामा जन्मेका शाहले बाइसे र चौबिसे राज्यमा बाँडिएको नेपाललाई एकीकरण गरेका थिए ।
आफ्नो जीवनको अधिकांश समय एकीकरणमै विताएका पृथ्वीनारायण शाहले नुवाकोटबाट नेपाल एकिकरणको अभियान शुरुवात गरेको र उनको देहान्त पनि बिदुर–५ देवीघाटमै भएकोले १ दिन नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो।
यसअघि नेपालको एकीकरण गरेका शाहको सम्मानमा उनको जन्मदिन एकता दिवसको रूपमा मनाउने माग उठ्दै आएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया