सुनको भाउ बढ्दा चाँदीको घट्यो

विदुर खबर २०७९ पुष २१ गते ११:१२

नुवाकोट । आज बिहिवार सुनको भाउ बढेको छ। बुधबार तोलाको १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सयले बढेर १ लाख ३ हजार एक सयमा प्रति तोला कारोबार भईरहेको हो।

Advertisement

छापावाल सँगै तेजाबी सुन पनि तोलामा २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउमा भने गिरावट आएको छ। तोलामा १ ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८८ हजार ३ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८७ हजार ९ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसा कायम गरेको छ

प्रतिक्रिया