ग्लोबल आईएमइ बैंक र बिओकेको एकिकृत कारोबार पुस २५ बाट हुने
नुवाकोट । ग्लोबल आईएमइ बैंक र बैंक अफ काठमाण्डु लिमिटेड (बिओके) एक आपस मर्ज भई पुस २५ गते सोमबारबाट एकिकृत कारोबार गर्ने भएका छन् ।
मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी दुई बैंकलाई पुस १७ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयल पुस १९ गते बिओकेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु ग्लोबल आईएमई बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।
सोहि अनुसार पुस २५ गते सोमबारदेखि ग्लोबल आईएमई बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय रहेको स्थान कमलादीमा रहने छ ।
एकिकृत कारोबार शुरू गरिने भएको हुँदा डाटा माईग्रेसन प्रयोजनको लागि २०७९/०९/२२ गते शुक्रबार, २०७९/०९/२३ गते शनिबार र २०७९/०९/२४ गते आइतबार बिओकेको सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गर्दै आईरहेको सम्पूर्ण बैकिङ्ग सेवाहरू बन्द रहने छन्। बिओकेको डेबिट कार्ड, अन्तर्राष्ट्रिय कार्ड, e-Com कार्ड, ATM, BOK Smart, BOK Click बाट हुने कारोबार पनि अवरुद्ध रहने बैंकले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया