शेयर बजारमा उछाल. ६४ अंकले सूचक बढ्दो

विदुर खबर २०७९ पुष २० गते १६:२७

नुवाकोट । बुधबार शेयर बजार परिसूचक नेप्से बढेको छ। आज नेप्से सूचक ६४.७८ अंकले बढेर २१२५.८५ को बिन्दुमा पुगेर रोकिएको छ ।

Advertisement

आज कारोबारमा आएका २५८ कम्पनीका ८७ लाख ३३ हजार ५ सय ४२ कित्ता शेयर खरिद बिक्रिबाट ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ ४२ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ११ करोड ५० लाख, सानिमा माई हाइड्रोको १० करोड ८५ लाख, नेपाल टेलिकमको १० करोड ४ लाख, तथा नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज अजोड इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक १.५४ प्रतिशतले घटेको छ भने लक्ष्मी बैंकको शेयर मूल्य १.४४ प्रतिशतले घटेको छ । त्यस्तै धौलागिरी लघुवित्तको शेयर मूल्य १.२० प्रतिशतले घटेको छ ।

Advertisement

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये लघुवित्त समुह सर्वाधिक ५.६७ प्रतिशतले बढेको छ भने उत्पदन तथा प्रशोधन समुह ५.४१ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया