वाग्मती प्रदेश सरकारमा राप्रपाको दाबी
नुवाकोट । वाग्मती प्रदेशमा नयाँ सरकारका लागि दलहरुले आ–आफ्नो दाबी गर्न थालेपछि भागबन्डामा समस्या देखिएको छ ।
विशेषगरी वाग्मतीमा राप्रपाले सरकारको नेतृत्व गर्ने विषयमा आफ्नो अडान कायम राख्दै लबिङ बढाएपछि नेतृत्वको विषयमा भागबन्डा अझै टुंगिएको छैन । हालको गठबन्धन अनुसार प्रदेशमा सरकार गठनमा राप्रपा निर्णायक शक्ति हो । जसको कारणले उसले केन्द्र होस् वा प्रदेशस्तरीय बैठकमा प्रदेशमा आफ्नो नेतृत्व दाबी गरिरहेको छ ।
‘प्रदेश सरकारको नेतृत्व हामीले गर्नुपर्छ भन्ने विषयमा केन्द्र र प्रदेश दुवैमा आफ्नो दाबी प्रस्तुत गरेका छौं । हामी आफ्नो अडानबाट पछाडि हट्ने सम्भावना छैन’, राप्रपा संसदीय दलका नेता उद्धव थापाले भने । उनले केन्द्रीय समीकरण अनुसार नै आफूहरु अगाडि बढ्न खोजेको बताए । ‘हालसम्म केन्द्रीय समीकरण अनुसार नै अगाडि बढ्ने भन्ने हो । तर हामीले नेतृत्व नपाएको खण्डमा दोस्रो विकल्पमा पनि जान सक्छौं,’ उनले भने ।
केन्द्रीय राजनीतिको अंक–गणितमा भएको फेरबदलले वाग्मतीमा सरकार गठनका लागि नयाँ विकल्प देखा परेका छन् । प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता छ । हालको अवस्था यस प्रदेशको सत्ताको साँचो राप्रपासँग रहेको छ । राप्रपा जता जान्छ त्यतै सरकार बन्ने अवस्था छ । जसको कारण पनि उसको बार्गेनिङ पावर बढिरहेको छ । प्रदेश संरचना खारेजीको माग राखेका कारण राप्रपालाई सरकार नेतृत्व दिने कि नदिने विषयमा एमाले र माओवादी केन्द्रले प्रष्टरुपमा आफ्नो धारणा राख्न सकेको छैन ।
११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ गरी ६१ जना सांसद पुग्छन् । अर्कोतर्फ राप्रपा र एकीकृत समाजवादीसँग तालमेल गरे कांग्रेस सम्मिलित सरकार बन्ने सम्भावना छ । कांग्रेसलाई सरकार बनाउन १९ सांसदको समर्थन भए पुग्छ । कांग्रेस सम्मिलित सरकार निर्माण गर्न राप्रपाका १३, एकीकृत समाजवादीका ७ जना सांसदले साथ दिएको खण्डमा केन्द्रीय समिकरणविपरीत वाग्मतीमा सरकार बन्न सक्छ ।
प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्रले सबैभन्दा बढी दौडधुप गरिरहेको छ । पार्टीभित्रको आन्तरिक विरोधकाबीच दुईदिन लगाएर माओवादी संसदीय दलको नेता चुनिएसँगै शालिकराम जम्मकट्टेलले सरकार निर्माणको विषयमा नेकपा एमाले र राप्रपाका नेता तथा सांसदसँग भेट गरिसकेका छन् । उनले नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामासँग पनि अनौपचारिक छलफल अगाडि बढाएका छन् । ‘सरकार गठन गर्न अनौपचारिक छलफल गरेका छौं । नेतृत्वको विषयमा केन्द्रबाटै टुंगो लगाउनुपर्ने देखिन्छ । हामीलाई टुंगो लगाउने अधिकारी पार्टीले दिएको छैन,’ जम्मकट्टेलले भने । उनले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल भने जारी राख्ने बताए ।
सदनको दोस्रो ठूलो दल नेकपा एमालेले भने प्रदेश प्रमुखले सरकार गठनका लागि आहृवान गरेपछि मात्र बाँकी प्रक्रियामा कसरी अगाडि बढ्ने भन्ने निचोडमा पुग्ने जनाएको छ । एमाले सांसद एकालाल श्रेष्ठका अनुसार सभामुख छनोट प्रक्रियासम्ममा सबै अन्योल सकिनेछ ।
‘प्रदेश प्रमुखबाट सरकार गठनका लागि आहृवान भएको छैन । केन्द्रीय समीकरण अनुसार हाम्रो नेतृत्वमा सरकार गठन गर्ने सम्भावना आएको खण्डमा संसदीय दलको नेता चयन भइसकेको छ,’ श्रेष्ठले भने । उनले मन्त्रिपरिषद् गठनको विषय टुंगिन अझै केही समय लाग्ने बताए । एमाले संसदीय दलको नेतामा जगनाथ थपलिया चयन भइसकेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया